+
+

न्यायाधीशका फैसलासँग सम्बन्धित उजुरीहरुको छानबिन सुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २१ गते १०:३९
न्यायपरिषदका सदस्य समेत रहेका कानुनमन्त्री दिलेन्द्र प्रसाद बडु

२१ चैत, काठमाडौं । न्यायपरिषदले न्यायाधीशको फैसला र कामकारवाही जोडिएका २५० भन्दा बढी उजुरीहरुको छानबिन थालेको छ ।

न्यायाधीशहरुको कामकारवाही र क्रियाकलाप निगरानी गर्ने संवैधानिक निकायले विशेषतः फैसलामाथि परेका उजुरीहरुको छानबिन गरिरहेको हो । तीमध्ये केही गम्भिर प्रकृतिको रहेको परिषद स्रोतले बतायो ।

‘परेका उजुरीहरुको विवरण केलाउने, आवश्यक परे मिसिल मगाएर हेर्ने र गम्भिर उजुरीमाथि विस्तृत रुपमा हेर्ने काम भइरहेको छ,’ कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडुले अनलाइनखबरसँग भने, ‘तीमध्ये करिव १० प्रतिशत (२०–२५ वटा) उजुरी अलि गम्भिर प्रकृतिका छन् । ती उजुरी विस्तृत अनुसन्धानमा जाने क्रममा छन् ।’

उनका अनुसार, उजुरी परेपछि थप अध्ययन हुन नसकेका, अलपत्र परेका फाइलहरुलाई अघि बढाउने काम भएको छ । उजुरी पर्ने तर लामो समयसम्म कुनै कारवाही नहुने समस्या रहेकाले तिनलाई गति दिन खोजिएको न्यायपरिषदका सदस्य समेत रहेका कानुनमन्त्री बडुले बताए ।

न्यायपरिषदका अर्का सदस्य एवं बरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठले सार्वजनिक वृत्तमा प्रश्न उठेका र विवादास्पद देखिएका आदेश/फैसलामाथि समेत अध्ययन भइरहेको जानकारी दिए ।

उनका अनुसार, प्रारम्भिक रुपमा हेरेर केही उजुरीमाथि छानबिन समिति नै बनाएर अघि बढ्ने गरी तयारी भएको छ । उनले भने, ‘तर कुन उजुरी हो र कुन फैसलामा को न्यायाधीशमाथि छानबिन चलेको हो, मैले भन्न मिलेन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?