+
+

नेपालगञ्ज विमानस्थलमा हवाई जहाजमा खरायो ठोक्कियो

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २२ गते ६:२६

२२ चैत, दाङ । नेपालगञ्ज विमानस्थलमा हवाई जहाजमा खरायो ठोक्किएको छ । काठमाडौंबाट नेपालगञ्ज आएको बुद्ध एयरको जहाज अवतरण हुने बेला सोमबार राति पौने आठ बजे खरायो ठोक्किएको हो ।

जहाजमा खरायो ठोक्किएपछि केहीबेर रोकिएको उडान अवतरण अहिले सुचारु रहेको बुद्ध एयर नेपालगञ्जका व्यवस्थापक विनित शाहले बताए । जहाज ल्यान्ड हुनेबेला ठोक्किएको खरायोको मृत्यु भएको छ ।

नेपालगञ्ज विमानस्थलमा यसअघि पटक–पटक जहाजमा बँदेल ठोक्किएको थियो । बँदेल ठोक्किने क्रम बढेपछि विमानस्थल कार्यालयले धावनमार्ग नजिकको झाडी सफाइ गरेको थियो ।

धावनमार्ग नजिक रहेको झाडीमा जंगली जनावर रहेकाले विमानस्थलमा जनावर ठोक्किने जोखिम रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?