+
+

लखन थापाबारेको अभिव्यक्ति फिर्ता लिन ओलीलाई आग्रह

नेपालका प्रथम शहीद शहीद बाकाबीर हुन् भनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति फिर्ता लिन लखन थापा मगर स्मृति प्रतिष्ठान रुपन्देहीले माग गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २४ गते १४:११

२४ चैत, बुटवल । नेपालका प्रथम शहीद शहीद बाकाबीर हुन् भनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति फिर्ता लिन लखन थापा मगर स्मृति प्रतिष्ठान रुपन्देहीले माग गरेको छ ।

प्रतिष्ठानले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै फिर्ता लिन माग गरेको हो ।

प्रष्ठिानका अध्यक्ष माधवरसिंह सलामीमगरले २०७२ सालमा सरकारले तथ्य प्रमाणका आधार विधि प्रक्रिया पुर्‍याएर प्रथम शहीद घोषणा गरेको ६ वर्षपछि एमाले अध्यक्ष ओलीले अर्कै व्यक्तिलाई प्रथम शहीद बताउनु आश्चर्यजनक र शंकास्पद भएको बताए ।

‘लखन थापालाई प्रथम शहीद घोषणा गरेर हुलाक टिकट प्रकाशन भयो, पाठ्यपुस्तक र सामान्य ज्ञानमा पनि आइसक्यो’, उनले भने, ‘लखन थापा प्रथम शहीद नभएको भए ओली आफैं प्रधानमन्त्री हुँदा खारेज गर्नुपथ्र्यो, अहिले जथाभावी बोल्नुले मगर समुदायमाथि अपमान भएको छ ।’

मगर संघका अगुवा जनक थापा मगरले अध्यक्ष ओलीले आफ्नो अभिव्यक्ति फिर्ता नलिए मगर समुदायले एकीकृत आन्दोलन थाल्ने बताए ।

ओलीले गत १८ गते काठमाडौंमा पार्टी निकट अनेरास्ववियूको कार्यक्रममा नेपालका प्रथम शहीद शहीद बाकाबीर हुन् भनी बोलेको विरोधमा केही दिनयता रुपन्देहीमा दिनहुँ आन्दोलन भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?