+
+

एमालेमा हेटौंडाका मेयरका उम्मेदवार चयन प्रक्रिया सर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २६ गते १६:०३

२६ चैत, हेटौंडा । हेटौंडा उपमहानगरमा प्रमुख र उपप्रमुखका आकांक्षी धेरै भएपछि नेकपा एमालेले शुक्रबार तय गरेको उम्मेदवार छनोटको प्रक्रिया पछि सारेको छ ।

मकवानपुरका हेटौंडा उपमहानगरपालिकाबाहेकका एक नगरपालिका र आठ वटा गाउँपालिकामा एमालेले उम्मेदवार छनोट प्रक्रिया सुरु गरिसकेको छ । तर हेटौंडामा भने उम्मेदवार छनोट प्रक्रिया आइतबारसम्मका लागि स्थगित गरिएको एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले बताए । उनका अनुसार उपमहानगरपालिकाको उम्मेदवार छनोटप्रति धेरैको चासो भएकाले सहमतिका लागि आइतबारसम्म प्रक्रिया स्थगित गरिएको हो ।

उपमहानगरपालिकाको मेयर र उपमेयरका लागि एमालेमा नौ जना आकांक्षी देखिएका छन् । संविधान सभा सदस्य अनन्त पौडेल, पार्टीका जिल्ला इन्चार्ज तथा पूर्व जिल्ला विकास सभापति रामेश्वर राना, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल र वर्तमान मेयर हरिबहादुर महतको दाबी छ । उपमेयरमा सीता विष्ट, सुमित्रा काफ्ले, रमिला सापकोटा, आरती पाठक र प्रतिमा श्रेष्ठले दाबी गर्दै आएका छन् ।

एमालेको चितवन महाधिवेशनपछि मकवानपुरको पार्टी राजनीतिमा संविधान सभा सदस्य पौडेल र जिल्ला समन्वय समिति प्रमुख खुलाल अघि देखिएका छन् । पूर्वमुख्यमन्त्री डोरमणी पौडेल केन्द्रीय नेताको पहुँचमा रहेर आफू निकटका खुलाललाई मेयर बनाउने योजनामा रहेको एमालेका जिल्ला नेताहरु बताउँछन् । तर यही बेला जिल्ला इन्चार्ज रानाले पनि आकांक्षा राखेपछि हेटौंको मेयरको उम्मेदवार छनोट कठिन बनेको छ ।

पार्टी तहमा खासै चर्चामा नरहेपनि अनुभव र सामाजिक भूमिकाका कारण वर्तमान मेयर महतलाई पुनः उम्मेदवारको रुपमा हेरिएको छ । उनले आफ्नो अधुरा कामलाई पूरा गर्नका लागि पुन मेयरमा दावी गर्ने बताएका छन् ।

उपमहानगरको १२ वडामा सर्वम्मत उम्मेदवार

जिल्लामा एमालेले वडातहको उम्मेदवार बने तय गरेको छ । हेटौंडा उपमहानगरपालिकाको केही वडामा सर्वसम्मतिले वडाध्यक्षका उम्मेदवार चयन भएका छन् । केहीमा भने आकांक्षी धेरै भएपछि उम्मेदवारका लागि तीन जनाको नाम सिफारिस भएको छ ।

हेटौंडा उपमहानगरका १९ मध्ये १२ वटा वडामा अध्यक्षको उम्मेदवार सर्वसम्मत सिफारिस भएको छ भने एउटा वडामा अध्यक्ष सिफारिस हुन सकेको छैन भने ५ वटा वडामा २ देखि ३ जनासम्म सिफारिस भएका छन् ।

वडा नम्बर १ मा उत्तमप्रसाद पौडेल, २ मा हरिबहादुर राउत, ४ मा नवीन सिग्देल, ५ मा सुशील घिमिरे, ६ मा विश्वराज राई, ७ मा राजन थापा, १२ मा राजेश नगरकोटी, १३ मा पेम्बा लामा, १४ मा दीपक खड्का, १५ मा सुनील मोक्तान, १६ मा बसन्तप्रसाद लामिछाने र १८ मा अनिल बानियाँ सर्वसम्मत अध्यक्षको उम्मेदवार सिफारिस भएका छन् ।

वडा कमिटीको बैठकमा सहमति हुन नसक्दा वडा नम्बर ३, ८, ९, ११, १७ र १९ मा तीन÷तीन जना सिफारिस भएका छन् भने वडा नम्बर १७ मा दुईजनाको नाम सिफारिस भएको छ । १० नम्बर वडामा भने अध्यक्षको नाम सिफारिस गर्न सकेको छैन ।

वडा नम्बर ३ को अध्यक्षका लागि रामकुमार पुडासैनी, परेशमान विडारी र कल्पना लामाको नाम सिफारिस गरिएको छ । वडा नम्बर ८ बाट बोलबहादुर कार्की, यशोदा उप्रेती र रमेशकुमार पौडेलको नाम सिफारिस गरिएको छ । वडा नम्बर ९ मा नरेन्द्र भण्डारी, लक्ष्मण भण्डारी र गोमा शाहको नाम सिफारिस भएको छ ।

वडा नम्बर ११ बाट जुना दाहाल, रामचन्द्र न्यौपाने र दीपक सिवाकोटीको नाम सिफारिस भएको छ । वडा नम्बर १७ मा भैरबहादुर राई र लक्ष्मण खुलालको नाम सिफारिस हुँदा वडा नम्बर १९ मा नरनाथ सुवेदी, इन्दिरा तामाङ र रत्नबहादुर ब्लोनको नाम सिफारिस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?