+
+

कांग्रेसका पूर्वक्षेत्रीय सभापति र माओवादी नेता एमाले प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २७ गते १८:५७

२७ चैत, चितवन । नेपाली कांग्रेस चितवनका पूर्व क्षेत्रीय सभापति मानबहादुर लामा र माओवादी केन्द्रका नेता खेम भट्ट एमाले प्रवेश गरेका छन् ।

एमाले पार्टी कार्यालय भरतपुरमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।

लामा भरतपुर–११ को लामाटोल निवासी हुन् । त्यस्तै माओवादी केन्द्र चितवनका नेता खेम भट्टलाई पनि उपमहासचिव प्रदीप ज्ञवालीले पार्टी प्रवेश गराएका हुन् ।

उनी माओवादी केन्द्र चितवनका जिल्ला सदस्य, बागमती प्रदेश प्रतिनिधि र भरतपुर महानगरपालिका वडा नम्वर ३ का इन्चार्ज थिए ।

भरतपुरको पटिहानीका भट्ट २०३५ सालदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय रहँदै आएका छन् । २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट तर्फबाट उनी भरतपुर १४ बाट वडाध्यक्ष उम्मेदवार रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?