+
+

निर्वाचन आयोगले शशांकसँग माग्यो जवाफ

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २८ गते १६:२२

२८ चैत, काठमाडौं । निर्वाचन आयोगले चुनाव खर्चबारे दिएको अभिव्यक्तिलाई लिएर नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालासँग जवाफ मागेको छ ।

कोइरालाले हालै मात्र २०७४ को प्रतिनिधिसभा चुनावमा ६ करोडभन्दा बढी खर्च भएको अभिव्यक्ति दिएका थिए ।

आयोगमा पेश गरेको विवरणमा भने २१ लाख ७५ हजार मात्र उल्लेख रहेको भन्दै आयोगले के कसो भएको हो ७ दिनभित्र जानकारी दिन कोइरालालाई ध्यानाकर्षण गराइएको आयोगले जनाएको छ ।

यस्तै २६ चैतमा काठमाडौंको भृकुटीमण्डपमा भएको सभामा निर्वाचन आचार संहिता उल्लंघन भएको भनेर उजुरी आएको भन्दै आयोगले केकसो भएको हो तीन दिनभित्र आधार प्रमाणसहित चित्तबुझ्दो जवाफ दिन एकीकृत समाजवादी पार्टीलाई भनेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?