२९ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रको भाँडो रित्तिसकेको बताएका छन् ।
मंगलबार ललितपुरको सानो गाउँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले माओवादी र माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको आलोचना गरे ।
‘माओवादी कुनै पार्टी रहेन, केन्द्र रह्यो । केन्द्र छ, अरु केही छैन,’ उनले भने, ‘माओवादीको भाँडो रित्तिसक्यो, बिर्को मात्र छ । त्यही बिर्कोलाई उनीहरुले केन्द्र छन् । दुई चार जना नेता छन्, अधिकाशंले छोडिसके ।’
माधवकुमार नेपाल गुट र माओवादी काग्रेसको जिउमा बसेको झिँगा धपाउने राम्रो झुक्का भएका चौरीको पुच्छर जस्तो मात्र भएको उनले टिप्पणी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4