+
+

प्रदेश संसदीय दलको अधिकार खोसिए मान्य हुन्न : पुन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३० गते ७:०२

३० चैत, काठमाडौं । नेपाली कांग्रेस, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले प्रदेश संसदीय समितिको अधिकार खोसिए मान्य नहुने बताएका छन् ।

सत्तारुढ पाँच दलले महानगर र उपमहानगरपालिकाको प्रमुख तथा उपप्रमुखको बाँडफाँटबारे केन्द्रीय संयन्त्रले निर्णय गर्ने सहमति गरेका थिए ।

कांग्रेस प्रदेश सभापति पुनले भने प्रदेश संसदीय दलको अधिकार खोसिए मान्य नहुने बताए । ‘उप महानगरको प्रमुख र उप प्रमुखको टिकट बाँड्ने प्रदेश संसदीय समितिले हो’ पुनले भने,‘प्रदेशसँग समन्वय नगरि केन्द्रले तोकेर मानिँदैन । लुम्बिनीमा चारवटा उपमहानगरपालिका छन् । प्रदेशको कुरा सुनिएन भने गठबन्धनको राम्रो मत आउँदैन ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?