
काठमाडौं । मिलन काप्री निर्देशित फिल्म ‘षट्कोण’को ट्रेलर सार्वजनिक भएको छ । कर्मा र भोलाराज सापकोटाको मुख्य भूमिका रहेको फिल्म मनोवैज्ञानिक थ्रिलर जनरामा बनेको छ ।
फिल्ममा कर्माले एक अपराधको रिपोर्टिङमा निस्किएका पत्रकारको भूमिका निर्वाह गरेका छन् । फिल्म निर्देशक काप्रीको डेब्यु फिल्म समेत हो ।
क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म वैशाख २३ गते रिलिजको तयारीमा छ । कोरोना महामारीले प्रभावित फिल्मले बल्ल रिलिज मिति तय गरेको हो ।
फिल्ममा लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम र बालकलाकार असिम लामाको पनि अभिनय छ । शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको फिल्मको संवाद महेश दवाडीले लेखेका हुन् ।
फिल्ममा आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक काप्रीको सम्पादन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4