
काठमाडौं । बिहीबारदेखि नेपालमा दुई नयाँ फिल्म रिलिज भएका छन् । झरना थापा निर्देशित ‘ए मेरो हजुर ४’ र दक्षिण भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’ नेपाली सिनेमा हलमा प्रदर्शनमा आएका हुन् ।
अनमोल केसी, सुहाना थापा र सलोन बस्नेतको मुख्य भूमिका रहेको ‘ए मेरो हजुर ४’ले प्रेमकथा प्रस्तुत गर्छ । सुनिलकुमार थापाको निर्माण रहेको फिल्म नयाँ वर्षको अवसर पारेर रिलिज भएको हो । फिल्मले सन्तोषजनक ओपनिङ गरेको बताइएको छ ।
बहुप्रतीक्षित कन्नड फिल्म ‘केजीएफ-२’ मा साउथ स्टार यश केन्द्रीय भूमिकामा छन् । फिल्ममा सुनखानीको कथामा आधारित एक्सन फिल्मलाई प्रशान्त नीलले निर्देशन गरेका हुन् । नेपाली हलमा पनि आक्रामक ओपनिङ गरेको फिल्मका लागि बिहान ३ बजेदेखि मध्यरातसम्मका शो छुट्याइएको छ ।
‘केजीएफ-२’मा यशका अलावा सञ्जय दत्त, रविना टण्डन, प्रकाश राज लगायतको मुख्य भूमिका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4