१ वैशाख, डोटी । डोटीको आदर्श गाउँपालिकामा एमालेले मतदानमार्फत अध्यक्षको उम्मेदवार चयन गरेको छ ।
गाउँपालिकाको अध्यक्षका लागि तीन जनाको दाबी परेपछि आपसमा सहमति हुन नसक्दा गाउँ कमिटीका पदाधिकारी र सदस्यहरूले मतदान गरेका थिए ।
उम्मेदवार चयनका लागि बसेको गाउँ कमिटी बैठकमा ८९ सदस्यमध्ये ७८ को सहभागिता रहेको गाउँ कमिटीका सचिव चन्द्रदेव ओझाले जानकारी दिए ।
सचिव ओझाका अनुसार उम्मेदवारका आकांक्षी डम्मरबहादुर वलीले ४१ मत प्राप्त गरे । यस्तै अर्का प्रतिस्पर्धी नयनबहादुर खड्काले ३६ र जंगबहादुर खड्काले एक मत प्राप्त गरेको ओझाले जानकारी दिए ।
मतदानबाट छानिएका एमालेका उम्मेदवार वली हाल जिल्ला समन्वय समिति, डोटीका सदस्य छन् । एमाले डोटी जिल्ला कमिटी सदस्यसमेत रहेका वली २०५४ सालको स्थानीय निकाय निर्वाचनमा साविकको गिरीचौका गाउँविकास समितिको अध्यक्षमा निर्वाचित भएका थिए ।
उपाध्यक्षका उम्मेदवार भने एक/दुईभित्र टुङ्गो लाग्ने सचिव ओझाले जानकारी दिए ।
प्रतिक्रिया 4