
२ वैशाख, काठमाडौं । नेपाली कांग्रेस ललितपुर महानगर समितिले मेयरका लागि सात जनाको नाम सिफारिस गरेको छ ।
समितिले वर्तमान मेयर चिरिबाबु महर्जनसहित अन्य ६ जनाको नाम केन्द्रमा पठाएको छ ।
महानगर कार्यसमितिले मेयर चिरिबाबुसहित शुभानन धाख्वा, भरतलाल न्याछ्यो, प्रेमकृष्ण महर्जन, राजेश महर्जन, गीता सत्याल र अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिस गरेको हो ।
मेयरका लागि आकांक्षा देखाएका सबैको नाम केन्द्रमा पठाएको नगर सभापति धाख्वाले जानकारी दिए । विधानतः एक महिलासहित तीन जनाको नाम सिफारिस गर्ने व्यवस्था छ ।
धाख्वा ललितपुर महानगरका कांग्रेस सभापति हुन् भने न्याछ्यो कांग्रेसका पुराना पुस्ताका नेता हुन् । उनी अघिल्लोपटक पनि सिफारिसमा परेका थिए ।
यस्तै प्रेमकृष्ण महर्जनको नाम पनि अघिल्लो निर्वाचनमा नाम सिफारिस भएको थियो । प्रदेश सभा सदस्यमा उनी पराजित भएका थिए ।
सत्याल बहालवाला उपमेयर हुन् । सिफारिस परेका राजेश महर्जन महानगरका पूर्वसभापति हुन् भने श्रेष्ठ महाधिवेन प्रतिनिधि हुन् ।
प्रतिक्रिया 4