
२ वैशाख, काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले प्रदेश पूर्वाधार प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा छवि पोखरेललाई नियुक्त गरेको छ ।
प्रदेश सरकारले प्यूठानको ओखरकोट निवासी पोखरेललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
यस अघि नियुक्त कार्यकारी निर्देशक अनन्तराज घिमिरेले केही दिन अघि राजीनामा दिएपछि उक्त पद रिक्त थियो । पोखरेललाई गत चैत २५ गते नियुक्त गरेको हो ।
पोखरेललाई शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4