
२ वैशाख, वीरगञ्ज । नेकपा माओवादी केन्द्र वीरगञ्ज महानगरका अध्यक्ष रहबर अन्सारीमाथि पार्टीको जिल्ला कमिटीले गरेको कारबाही तत्काल लागू नहुने भएको छ।
जिल्ला पार्टी कार्यालय तोडफोड गरेको आरोप लगाउँदै ३० चैतमा माओवादीको पर्सा जिल्ला समितिले अन्सारीलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको थियो।
तर माओवादी केन्द्र मधेश प्रदेश समितिका इन्चार्ज गणेश साहले जिल्ला समितिको निर्णयको प्रक्रिया गलत भएकाले त्यो तत्काल लागू नहुने बताए।
माओवादीको विधान अनुसार जिल्ला समितिले कारबाहीको सिफारिस मात्रै गर्न सक्ने र प्रदेश समितिले त्यसबारे निर्णय गर्न सक्छ । साहले पार्टी कार्यालय भएको तोडफोडको विषयमा छानविन भइरहेको बताए।
अन्सारीले पनि पार्टी कार्यालय तोडफोडमा आफ्नो संलग्नता नभएको भन्दै जिल्ला समितिले गरेको निर्णय अवैध रहेको बताएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4