
४ वैशाख, काठमाडौं । निलम्बनमा परेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पक्षमा कर्मचारीहरुले केन्द्रीय कार्यालयमा कोण सभा गरेका छन् ।
स्वायत्त संस्थामाथि सरकारले ठाडो हस्तक्षेप गरेकाले गभर्नर अधिकारीको निलम्बन फुकुवा गर्न माग गर्दै नेपाल राष्ट्र बैंक कर्मचारी संघले आन्दोलित भएको हो ।
नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारको मूल गेटमा कालो ब्यानर झुन्ड्याएर उनीहरुले सरकारी कदमको विरोध जनाएका छन् ।
कर्मचारी संघले कोणसभा गरेर गभर्नरमाथिको कारबाहीलाई स्वायत्त संस्थामाथिको गैरकानुनी हस्तक्षेपको संज्ञा दिएको छ ।
गभर्नरमाथि लागेको निराधार आरोप फिर्ता गर्न र संकट उन्मुख अर्थतन्त्रको उद्धारका लागि विशेष नीति तर्जुमा गर्ने वातावरण बनाउन भन्दै कर्मचारीले नाराबाजी गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4