+
+

कांग्रेसको घोषणापत्र तयारी समितिमा थपिए उमा वादीसहित १९ सदस्य

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ४ गते २०:०८

४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिमा थप १९ सदस्य मनोनित गरेका छन् ।

महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा गठित घोषणा पत्र तयारी समितिमा सुदूरपश्चिम प्रदेशकी सांसद उमादेवी वादी पनि मनोनित भएकी छन् ।

पार्टी कार्यालयका मुख्‍य सचिव कृष्णप्रसाद पौडेलका अनुसार किरण यादव, फखरुदीन खान, प्रकाश पन्थ, सन्तोषमणि नेपाल, डा. लोचन कार्की, श्याम पटेल, कृष्णप्रसाद तिमिल्सीना, निलकण्ठ शर्मा, विभुषण विष्ट, शिशिर खनाल थपिएका छन् ।

यस्तै सरोज पाठक,कञ्चन झा, प्रेम विश्वकर्मा, सुवास अधिकारी, डा. ई. सुमन कर्ण, गोकर्ण बन्जाडे, कृष्णकुमार सिंह र रमेश पुरी थपिएको मुख्‍यसचिव पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हेर्नुस् विज्ञप्ति 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?