
४ वैशाख, काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजु अर्याललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।
एआईजी पुष्पराम केसीलाई सरकारले ३० चैतमा महानिरीक्षकमा बढुवा गरेको थियो । त्यसपछि रिक्त रहेको एउटा दरबन्दीमा एआईजी अर्याललाई बढुवा गर्न सिफारिस गरिएको हो ।
एआईजी बढुवाका लागि अर्यालसँगै नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम पनि प्रतिष्पर्धामा थिए । तर वरियतामा अगाडि रहेका अर्याललाई नै एआईजीमा बढुवा गर्न सिफारिस गरिएको छ ।
हालका आईजीपी केसीले ३० वर्षे सेवा अवधिका कारण १८ वैशाखमा अवकाश पाउँदैछन् । त्यसपछि अर्याल सशस्त्र प्रहरीको नेतृत्वमा पुग्नेछन् । उनले चार वर्षसम्म सशस्त्र प्रहरीको नेतृत्व गर्नेछन् ।
अर्याल र पौडेलले १८ चैत २०५४ मा नेपाल प्रहरीमा निरीक्षकका रुपमा सेवा थालेका थिए । अर्याल चार आईजीपी भए पनि ३० वर्षे अवधिका कारण पौडेल अझै संगठनमा रहनेछन् र त्यसपछि पनि थप दुई वर्ष सशस्त्र प्रहरीको नेतृत्व गर्ने अवसर पाउन सक्नेछन् ।
गौतम चाहिँ नेपाली सेनाको क्याप्टेनबाट ३ वैशाख २०५२ मा सेवा प्रवेश गरेका अधिकृत हुन् ।
हेर्नुस् बढुवा सिफारिसको सूचना
प्रतिक्रिया 4