+
+

एमाले केन्द्रीय कार्यालयको बैठक बस्दै, सचिवालय बैठक पनि आजै

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ५ गते ६:५३

५ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचन केन्द्रित एजेण्डाहरूमाथि छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक सोमबार बस्दै छ ।

साँझ ६ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सचिवालय बैठक बोलाइएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । यसअघि सचिवालय बैठक च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बस्ने भनिएको थियो ।

सचिवालय बैठक अगाडि केन्द्रीय कार्यालयको बैठक बस्नेछ । केन्द्रीय कार्यालय बैठक सोमबार बिहान ११ बजे पार्टी कार्यालय थापाथलीमा बस्ने छ ।

बैठकमा पार्टीका तर्फबाट बन्ने उम्मेदवार, चुनावी घोषणापत्र लगायतका विषयमा छलफल हुने एमाले नेताहरुले बताएका छन् ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीबाट जारी गरिने प्रतिबद्धतापत्र लगायतका विषयमा बैठकमा छलफल हुने जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?