
५ वैशाख, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का पोलिटव्यूरो सदस्य नागेन्द्र राई नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
सोमबार पार्टी कार्यालयमा आयोजित प्रवेश कार्यक्रममा प्रवक्ता कृष्णबहादुर महाराले राई नेतृत्वको टोलीलाई स्वागत गरेको थियो ।
राईको नेतृत्वमा तीनजना पोलिट्व्यूरो सदस्य, तीन जना केन्द्रीय सदस्य, पनि माओवादी केन्द्रमा समाहित भएको महराले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।
त्यस्तै जितबहादुर चौधरी नेतृत्वको नेपाल लोकतान्त्रिक जनता कांग्रेस पार्टी पनि माओवादी केन्द्रमा समाहित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4