
तस्वीर : विकास श्रेष्ठ
५ वैशाख, काठमाडौं । भक्तपुरमा बिस्केट जात्राको रथको पाङ्ग्राले चेपिएर एक जनाको मृत्यु भएको छ ।
बिस्केट जात्राको अन्तिम दिन सोमबार पौने पाँच बजे गहिटीबाट बंशगोपाल तर्फ लैजाँदै गरेको रथ नासमाना चोकमा पुग्दा सूर्यविनायक नगरपालिका-५ का ७१ वर्षका दुर्गामान कस्पाललाई पाङ्ग्राले चेपेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी राजु पाण्डेले जानकारी दिए ।
पांग्राले चेपेर गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारका क्रममा साढे ६ बजे मृत्यु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4