+
+

स्थानीय चुनावमा कांग्रेसका सहमहामन्त्रीलाई प्रदेशको जिम्मा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ५ गते २१:१०

५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा सहमहामन्त्रीले प्रदेशको संयोजन गर्ने गरी पार्टीको केन्द्रीय कार्यालयमा डेस्क निर्माण गर्ने भएको छ ।

सभापति शेरबहादुर देउवाले प्रदेशको संयोजन गर्ने गरी सहमहामन्त्रीलाई जिम्मेवारी पनि तोकेका छन् ।

जसअनुसार प्रदेश १ मा जीवन परियार, मधेशमा भीष्मराज आङ्देम्बे, वागमतीमा फरमुल्लाह मन्सुर, गण्डकीमा महालक्ष्मी उपाध्यायलाई जिम्मेवारी तोकिएको कांग्रेसले जनाएको छ । त्यस्तै लुम्बिनीमा महेन्द्र यादव, कर्णालीमा बद्री पाण्डे र सुदूरपश्चिममा किशोर सिंह राठौरलाई जिम्मेवारी दिइएको छ ।

८ सहमहामन्त्रीमध्ये मन्त्रिपरिषदमा रहेका उमाकान्त चौधरीबाहेक अरुलाई जिम्मेवारी दिइएको छ ।

उनीहरुले स्थानीय तह निर्वाचनमा आफ्नो प्रदेशमा कांग्रेस र गठबन्धनका उम्मेदवारलाई जिताउन समन्वय, सहजीकरण, संयोजन र परिचालन गर्ने कांग्रेस नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?