+

बार्सिलोना काडिजसँग घरेलु मैदानमै पराजित

२०७९ वैशाख  ६ गते ९:१३ २०७९ वैशाख ६ गते ९:१३
बार्सिलोना काडिजसँग घरेलु मैदानमै पराजित

६ वैशाख, काठमाडौं । स्पानिस ला लिगामा सोमबार राति भएको खेलमा दोस्रो स्थानको बार्सिलोना काडिजसँग घरेलु मैदानमै १-० ले पराजित भएको छ ।

बार्सिलोनाको यो अप्रत्यासित हारपछि शीर्ष स्थानको रियल मड्रिडलाई उपाधि जित्न अझ सजिलो भएको छ ।

काडिजलाई जिताउन लुका पेरेजले ४८औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

डिसेम्बर ४ यता लिगमा बार्सिलोनाको यो पहिलो हार हो र जाभी एरामा लिगमा बार्सिलोनाको १५ खेलको अपराजित यात्रा पनि टुङ्गिएको छ ।

बार्सिलोना र रियलबीच १५ अंकको अन्तर छ । रियल ३२ खेलबाट ७५ अंकसहित शीर्ष स्थानमा छ । एक खेल कम खेलेको बार्सिलोनाको ६० अंक छ ।

भ्रमणकारी काडिज खेल अघि रेलिगेसन जोनमा थियो । बार्सिलोनालाई हराएपछि काडिजेल ३२ खेलबा६ ३१ अंक जोडेर १६औं स्थानमा उक्लेको छ र रेलिगेजन जोनबाट २ अंकले सुरक्षित छ ।

बार्सिलोना
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय