
काठमाडौं । संसारको पहिलो कम्प्युटरको नाम के हो ? यसको जवाफ धेरैलाई थाहा नहुन सक्दछ । वास्तवमा संसारको पहिलो कम्प्युटरको नाम ‘एन्टीकिथेरा मेकानिज्म’ हो । यो कम्प्युटरको पहिलो हिस्सा सन् १९०१ मा ग्रिसको एन्टीकिथेरा टापुको तटीय क्षेत्रस्थित समुद्र मुनि फेला परेको थियो ।
स्पोन्ज गोताखोरहरुले रोमन युगको एक जहाजको भग्नावशेषबाट उक्त कम्प्युटर बाहिर निकालेका थिए ।
एन्टीकिथेरा मेकानिज्मलाई संसारकै पहिलो कम्प्युटर मानिन्छ । उक्त कम्प्युटरको पहिलो हिस्सा फेला परेसँगै त्यसको बाँकी हिस्साको खोजी पनि सुरु भयो र वैज्ञानिक तथा इतिहासकारहरु लगातार यसको अध्ययनमा जुटेका थिए ।
उक्त डिभाइस काँसबाट बनेको एक खगोलीय क्याल्कुलेटरको रुपमा प्रयोग हुने गरेको वैज्ञानिकहरुले पत्ता लगाएका छन् । यसबाट प्राचीन युनानमा सूर्य र चन्द्रमाको स्थिति पत्ता लगाउनुका साथै ग्रीक एथलेटिक प्रतियोगितामा साइकललाई ट्रयाक गर्न पनि प्रयोग गरिन्थ्यो । वैज्ञानिकहरुले गत वर्ष यो २ हजार वर्ष पुरानो मेकानिकल डिभाइसको कसमस प्यानलको पहिलो पूर्ण डिजिटल मोडल बनाउन सफल भए ।
एन्टीकिथेरा मेकानिज्मको सबैभन्दा चर्चित टुक्रा एथेन्सस्थित आर्कियोलोजिकल म्युजियममा राखिएको छ । उक्त अनौठो मेसिनमा ३७ गिएर थिए जुन एक अर्कामा जोडिएका थिए । वैज्ञानिकका अनुसार यो प्राचीन कम्प्युटरबाट प्राचीन समयमा मानिसहरुले अन्तरीक्ष विज्ञानका विषयमा अध्ययन गर्दथे ।
वैज्ञानिकहरुका अनुसार एन्टीकिथेरा मेकानिज्म जुत्ता राख्ने बक्सको आकारको थियो । जसको बाहिरी हिस्सामा डायल तथा भित्री भागमा ३० वटा काँसका गिएर ह्विलको जटिल हिस्सा थियो जुन आपसमा जोडिएको थियो । यद्यपि यो विभिन्न टुटेफुटेका टुक्राको रुपमा भेटिएको थियो जसलाई वैज्ञानिकहरुले इमेजिङ तथा अन्य प्रविधिको प्रयोग गरेर जोडेका थिए । वैज्ञानिकहरुका अनुसार एन्टीकिथेरा मेकानिज्म हातले चलाउने प्राचीन कम्प्युटर थियो ।
–लाइभ साइन्स डटकमबाट
प्रतिक्रिया 4