+
+

धनकुटाका ४ पालिकामा कांग्रेसको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते १३:४६

६ वैशाख , धनकुटा । नेपाली कांग्रेसले धनकुटाका सात पालिकामध्ये चार पालिकामा प्रमुखको दाबी गरेको छ ।

वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसले धनकुटामा ४ पालिकाको प्रमुखमा दाबी रहेको जिल्ला सभापति दिनेश राईले जानकारी दिए । ‘दलहरुमा दिनहुँ छलफल भइरहेको छ । कसले कति पाउने निर्णय भइसकेको छैन ।’ राईले भने, ‘तालमेलका लागि नीतिगत कुरा मिलेको छ । प्राविधिक कुरा बाँकी छ ।’

माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीबाट १/१ पालिका भागवण्डा हुने राईले बताए । उनका अनुसार जिल्ला समन्वय समितिमा पनि भागवण्डामा टुंगिने छ ।

धनकुटा र पाख्रिबास नगरपालिका तथा छथर जोरपाटी गाउँपालिका कांग्रेसको भागमा राख्न अन्य दल सहमत भइसकेका छन् । कांग्रेसले प्राप्त गर्ने थप एक पालिकामा टुंगो लाग्न नसकेको राईले जानकारी दिए ।

गत निर्वाचनमा सात वटै पालिकामा एमालेका उम्मेदवार विजयी भएका थिए । धनकुटा, पाख्रिवास र महालक्ष्मी नगरपालिकाको मेयरमा एमाले विजयी हुँदा कांग्रेसले दोस्रो स्थानको मत पाएको थियो ।

यस्तै सहिदभूमि, साँगुरीगढी र चौविसे गाउँपालिकामा गत निर्वाचनका कांग्रेसका उम्मेदवार दोस्रो स्थानमा थिए । छथर जोरपाटी गाउँपालिमा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार एमालेसँग पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?