
काठमाडौं । सनिमा बैंकले नयाँ वर्ष २०७९ को अवसरमा सानिमा डबल धमाका मुद्दती खाता सञ्चालनमा ल्याएको छ । सानिमा डबल धमाका मुद्दती खाता व्यक्तिगत ग्राहकहरुलाई लक्षित गरी ल्याइएको बैंकले जनाएको छ । यसमा ग्राहकहरुले न्यूनतम ५ लाख रुपैयाँको खाता खोल्न सक्नेछन् ।
ग्राहकहरुले यो योजनामा उक्त रकम साढे ६ बर्षमा दोब्बर भएर शतप्रतिशत प्रतिफल प्राप्त गर्न सक्नेछन् । मुद्दती निक्षेप रकम परिपक्वता पश्चात् दोब्बर भई भुक्तानी गरिनेछ । प्रतिफलमा लाग्ने कर रकम ग्राहकहरु स्वयंले ब्यहोर्नु पर्नेछ ।
व्यवहारिक कार्यका लागि रकम आवश्यक परेमा ९० प्रतिशतसम्मको ऋण लिन सक्नेछन् । ग्राहकले २ लाख रुपैयाँसम्मको निःशुल्क क्रेडिट कार्डका लागि आवेदन दिन सक्नेछन् । यस योजना अन्तर्गत एक भन्दा बढी मुद्दती खाताहरु समेत खोल्न सक्नेछन् ।
देशका सातै प्रदेशमा १२६ कार्यालय र ११५ वटा एटीएम सञ्चालनमा रहेको बैंकले जनाएको छ ।
प्रतिक्रिया 4