+
+

जीतपुर सिमरा उपमहानगरको मेयरमा माओवादीबाट ८ जना आकांक्षी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते १९:२३

६ वैशाख, वीरगञ्ज । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका आठ जना नेताले आकांक्षा राखेका छन् ।

२०७४ सालको निर्वाचनमा नेकपा एमालेले नगर प्रमुख जितेको यो पालिकामा त्यतिबेला निकटतम प्रतिद्वन्द्वी रहेको माओवादी केन्द्रले सत्ता गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवारी दाबी गरेको छ ।

यो उपमहानगरपालिकाको मेयरमा माओवादी केन्द्रका नेता राजन पौडेल, क्षेत्रबहादुर श्रेष्ठ, जयराम दाहाल, रामशरण बर्तौला, गीता कँडेल, शीला खनाल, धनबहादुर श्रेष्ठ र रामराज चौधरीले पनि आकांक्षा राखेका छन् । पौडेल २०७४ सालमा पनि मेयरको उम्मेदवार थिए भने दाहाल संविधान सभा सदस्य, क्षेत्रबहादुर श्रेष्ठ माओवादी केन्द्र बाराका अध्यक्ष, बर्तौला वडाध्यक्ष हुन् ।

यसैगरी उपप्रमुखमा प्रेम बराल, क्यामुदिन मन्सुरी, रोमा चौधरी र शिवशंकर चौधरीले आकांक्षा राखेका छन् । बराल माओवादी केन्द्र जीतपुर सिमरा नगर कमिटी अध्यक्ष र मन्सुरी जीतपुर सिमरा–२३ बाट निर्वाचित वडासदस्य हुन् ।

नगर कमिटी सचिव बलरामप्रसाद चिमोरियाले छलफल गरेर वैशाख ७ गते जिल्ला कमिटिमा नाम सिफारिस गर्ने जानकारी दिए ।

‘नगर प्रमुखमा ८ र उपप्रमुखमा ४ जना उम्मेदवारका आकांक्षीहरुको दावेदारी नगर कमिटीमा आएको छ’, उनले भने, ‘नगर कमिटीमा छलफल गरेर सकेसम्म सर्वसम्मत १ जना होइन भने ३ जनासम्मको नाम पठाउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?