
७ वैशाख, जनकपुरधाम । सत्तारुढ गठबन्धनमा जनकपुरधामको मेयर जनता समाजवादी पार्टी (जसपा) ले लिने सहमति भएपछि नेपाली कांग्रेसमा असन्तुष्टि बढेको छ । यो निर्णयको भत्र्सना गर्दै कांग्रेसको जनकपुरधाम समितिले अविलम्ब सच्याउन माग गरेको छ ।
‘मधेश प्रदेशसँग पार्टी सभापति शेरबहादुर देउवाले विभेद गर्नुभएको छ’ नगर समिति सभापति मनोज साहले अनलाइनखबरसँग भने, ‘जसपालाई मेयर दिने निर्णय अबिलम्ब नसच्याए हामी कडाभन्दा कडा कदम उठाउन तयार छौं ।’
उनले यहाँ जसपालाई कुनै हालतमा मेयर दिन नसकिने भन्दै पार्टी आफैं लड्न सक्षम रहेको बताए । सभापति साहले यसबारेमा बिहीबार पार्टीका नेताहरुको सल्लाह लिने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4