
७ वैशाख, काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनबाट बाबुराजा बज्राचार्य ललितपुरको उपमेयरका उम्मेदवार हुने भएका छन् ।
पाँच दलीय सत्ता गठबन्धनले ललितपुर महानगरको मेयर कांग्रेसले लिने र उपमेयर माओवादी केन्द्रले लिने सहमति गरेको छ । उपमेयर पाउने भएपछि नेकपा माओवादी केन्द्रले बज्राचार्यलाई अगाडि सारेको हो ।
ललितपुरका माओवादी केन्द्रका नेताहरुका अनुसार अन्य आकांक्षीहरु पछाडि हटेपछि बज्रचार्य सर्वसम्मत रुपमा पार्टीबाट उपमेयरको उम्मेदवार हुने निश्चित भएको छ ।
माओवादी केन्द्रबाट ललितपुरमा मेयरका आकांक्षी थिए –दिनेश महर्जन र सरोज डंगोल । दुबै जनाले उपमेयर पाउने भएपछि त्यसमा इच्छा नदेखाएकाले बज्राचार्यले अवसर पाउने भएका हुन् ।
‘अब ललितपुरमा गठबनधनको तर्फबाट बाबुराजा बज्राचार्य नै उपमेयरका उम्मेदवार हुन्’ स्थानीय नेता दिनेश महर्जनले अनलाइनखबरसँग भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4