
८ वैशाख, सल्यान । सल्यानको बागचौर नगरपालिकाको मेयर र उपमेयरको उम्मेद्वारमा माओवादी केन्द्रबाट दुई जोडी दम्पती सिफारिस भएका छन् ।
माओवादी केन्द्र बागचौर नगरकमिटीले मेयरको लागि टिकाराम वली र उपमेयरको लागि उनकी श्रीमती सुम्निमा डिसी वलीलाई सिफारिस गरेको हो ।
त्यस्तै अर्का दम्पती कृतीबहादुर पुनलाई मेयरमा र उनकी श्रीमती कल्पना पुनलाई उपमेयर उम्मेद्वारमा सिफारिस गरिएको छ । उनीहरु चारै जना जनयुद्धदेखि सक्रिय राजनीतिमा छन् भने यो क्षेत्रमा लोकप्रिय मानिन्छन् ।
वली जोडी माओवादी केन्द्रको प्रदेश कमिटी सदस्य हुन् भने कृतीबहादुर पुन जिल्ला संयोजक र उनकी श्रीमती बागचौर नगरपालिकाको बहालवाला उपमेयर हुन् ।
माओवादी केन्द्रले मेयरमा यी दुई जोडीसहित अरु चार जनाको नाम पनि सिफारिस गरेको छ । जसमा केन्द्रीय सदस्य टिका बुढाथोकी, प्रदेश कमिटी सदस्यहरु ज्ञानबहादुर ओली, रत्न बहादुर ओली र बहालवाला मेयर लोकमान बुढाथोकी छन् ।
प्रतिक्रिया 4