
८ वैशाख, काठमाडौं । वेलायती प्रधानमन्त्री बोरिस जोन्सन दुई दिने भ्रमणका लागि भारत पुगेका छन् । उनी सिधै भारतको गुजरातमा ओलिएका हुन् ।
भारतीय मुलका वेलायती मध्ये आधाभन्दा बढीका पूर्वज गुजरातका छन् । गुजराज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर पनि हो । त्यसैले उनी जोन्सनले गुजरातमा नै राजनीतिक तथा अन्य भेटघाट गर्ने छन् ।
गुजरातमा व्यापारिक समुदायका नेताहरुसँगको भेटमा उनले भारत र वेलायतका बीचको लगानीका विषयमा कुराकानी गर्न छन् ।
गुजरातबाट जोन्सन शुक्रबार राजधानी नयाँ दिल्ली जाने छन् । जोन्सन र मोदीबीच दिल्लीमा नै भेट हुने छ ।
यसअघि प्रधानमन्त्री जोन्सनले भारत भ्रमणको कार्यक्रम सार्वजनिक गरेको भए पनि कोरोना भाइरसको प्रकोपका कारण दुई पटकसम्म स्थगित भएको थियो ।
मोदी र जोन्सनबीचको द्विपक्षीय वार्ताका क्रममा खासगरी आर्थिक लगानी, व्यापारिक साझेदारी, प्रतिपक्षा र जनता जनताबीचको सम्पर्क एवं हरित गृहलगायतका विषयमा आवश्यक छलफल र द्विपक्षीय सम्झौता हुने छ ।
उनीहरुका बीचमा रुसले युक्रेनमाथि गरेको सैन्य हमलाका विषयमा पनि कुराकानी हुने छ । बेलायतले रुसले गरेको आक्रमणको विरोध गरिरहेको छ । प्रधानमन्त्री जोनसन हालैमात्र युक्रेनको राजधानी किभ पुगेका थिए ।प
प्रतिक्रिया 4