८ चैत,काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नाई सुपर किङ्सका तीव्र गतिका बलर एडम मिल्नेलाई श्रीलंकाका बलर मथिसा पाथिरानाले प्रतिस्थापन गर्ने भएका छन् ।
न्युजिल्यान्डका मिल्नेको ह्यामस्ट्रिङमा समस्या आएपछि चेन्नाईले पाथिरानालाई उनको ठाउँमा खेलाउने निर्णय लिएको हो ।
कोलकत्ता नाइट राइडर्ससँगको खेलमा मिल्ने घाइते भएर बाँकी खेल खेल्न नसक्ने भएपछि श्रीलंकन मिडियम पेस बलर पाथिरानालाई टिमले अनुबन्ध गरेको हो ।
१९ वर्षीय पाथिरानाले श्रीलंकाको तर्फबाट यू–१९ विश्वकप २०२० र २०२२ मा भाग लिई सकेका छन् । उनलाई भारतीय रुपैयाँ २० लाखमा चेन्नाईमा अनुबन्ध गरिएको हो । यसअघि नै चेन्नाईका मध्यक्रमका बलर दिपक चाहर पनि घाइते भएका हुन् ।
पाँच खेलमा एक खेल मात्र जितेको छ चेन्नाई अंक तालिकाको नवौं स्थानमा छ ।
प्रतिक्रिया 4