+
+

उम्मेदवार टुंगो लगाउन कांग्रेसको बोलायो कार्यसम्पादन समितिको बैठक

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ८ गते १८:३१

८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको उम्मेदवार टुंगो लगाउन शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

बैठक शुक्रबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई अनिवार्य उपस्थित हुन भनिएको छ । कांग्रेसले महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवार केन्द्रीय समितिबाट टुंग्याउने निर्णय गरिसकेको छ ।

सत्तारुढ गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकामा मेयर र उपमेयरको भागवण्डा टुंगो लगाइसकेका छन् । कांग्रेसले काठमाडौं, ललितपुर, विराटनगर महानगरपालिकाको मेयर र पोखरा, वीरगञ्ज र भरतपुरको उपमहानगरपालिकाको उपमेयरको उम्मेदवार पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?