
९ वैशाख, बुटवल । मेयरको उम्मेदवार सिफारिस एकलौटी भएको आरोप लगाउँदै नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति हरि लम्सालले पार्टी परित्यागको घोषणा गरेका छन् ।
जिल्ला पार्टी कार्यालय भैरहवा पुगेर उनले साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको पत्र बुझाएका छन् । लम्साल दुई कार्यकाल पार्टीको क्षेत्रीय सभापति रहेका थिए ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वसभापति समेत रहेका उनी पार्टीभित्र संस्थापन इतरका मानिन्थे ।
संस्थापन इतरकै नगर सभापति खेलराज पाण्डेलाई नगर समितिले सर्वसम्मत मेयर उम्मेदवार सिफारिस गरेपछि उनी लगायत १३ जनाले विज्ञप्तिमार्फत विरोध जनाएका थिए ।
शुक्रबारै भैरहवामा रुपन्देही–३ का पूर्वक्षेत्रीय सभापति मातृकाप्रसाद यादवले पार्टी परित्याग गरी जसपा प्रवेश गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4