+
+

एमालेमा फर्किन् पूर्वराजदूत लक्की शेर्पा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ९ गते १५:१५
लक्की शेर्पा/फाइल तस्वीर

९ वैशाख, काठमाडौं । पूर्वराजदूत लक्की शेर्पा पुनः नेकपा एमालेमा फर्किएकी छन् । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा शेर्पालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।

संविधानसभाकी सदस्य समेत रहेकी शेर्पा नेकपा माओवादी केन्द्रको सिफारिसमा नेपालका लागि अष्ट्रेलियाको राजदूत समेत बनेकी थिइन् ।

अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य धर्मदत्त देवकोटालाई पनि पार्टीमा प्रवेश गराएका छन् ।

नवउद्घाटित केन्द्रीय कार्यालयमा आयोजित पूर्व कार्यक्रममा केन्द्रीय सहकारी विभागका शालिकराम पौडेल, सागर ढकाल, कोषबहादुर जिसी, शिक्षक गोविन्दप्रसाद आचार्य, वेली तामाङ, माओवादी केन्द्रका पूर्वकेन्द्रीय सदस्य धनबहादुर थापा, नेपाल मजदुर किसान पार्टी जुम्लाका पूर्वअध्यक्ष धमेन्द्र थापा र खगेन्द्र थापा पनि एमाले प्रवेश गरेका छन् ।

यस्तै रामराजाप्रसाद सिंहको पार्टीका सलबहादुर बिकसहित ३० जना,सशस्त्र प्रहरीका पूर्व एसएसपी गाहार्धन राई, सुदर्शन सिलवाल, नेपाल प्रहरीका पूर्व डीएसपी कृष्णराज सापकोटा, पूर्व शव इस्पेक्टर ऋषी मैनालीलगायत पनि एमाले प्रवेश गरेका छन् ।

स्वतन्त्र रूपमा रहेका मिना राणा र वरदान शमशेर राणालाई पनि एमालेले पार्टीमा भित्र्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?