+
+

उम्मेदवार नभएको क्षेत्रको मतपत्रमा चुनाव चिन्ह नराख्न माओवादीको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ९ गते १५:५४

९ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीको उम्मेदवार नभएको स्थानको मतपत्रमा चुनाव चिन्ह नराख्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले आयोगले उम्मेदवार नभएका ठाउँमा समेत चुनाव चिन्ह राख्न लागेकाले आफूहरुले त्यस्तो नगर्न निवेदन दिएको जानकारी अनलाइनखबरलाई दिए।

आयोगबाट त्यसको जवाफ आइनसकेको ढकालको भनाइ छ । सत्ता गठबन्धनमा रहेर चुनावी तालमेल गरेकाले कतिपय स्थानमा माओवादी केन्द्रका उम्मेदवार हुने छैनन् ।

उम्मेदवार नै नभएको स्थानमा चुनाव चिन्ह राख्न नहुने माग माओवादी केन्द्रको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?