+
+

दाङमा मस्जिदभित्रकै आन्तरिक विवादले दुई पक्षबीच झडप

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ९ गते २०:०४

९ वैशाख, दाङ । दाङको लमहीस्थित एक मस्जिदमा नमाज पढिरहेको समयमा भएको आक्रमणको घटना मस्जिदभित्रकै आन्तरिक विवादका कारण भएको खुलेको छ ।

सुनन्त फैजाने रजा मस्जिदमा शुक्रबार दिउँसो नमाज पढिरहेको बेला भएको आक्रमणको घटना मस्जिदभित्रकै अर्को पक्षसँगको विवादका कारण भएको खुलेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेस काफ्लेले बताए ।

प्रहरी प्रमुख काफ्लेका अनुसार मस्जिद व्यवस्थापन समितिका अध्यक्ष जमात अलीको राजीनामाको विषयमा विवाद सुरु भएको थियो । ‘वर्तमान अध्यक्ष जमात अलीको राजीनामा माग गर्दै अर्काे अन्तुष्टि पक्षसँग विवाद हुँदा झडप भएको खुलेको छ’ उनले भने ।

जमात अली सात वर्षदेखि मस्जिद व्यवस्थापन समितिको अध्यक्ष रहँदै आएका थिए । अर्काे पक्षले उनको राजीनामा माग गर्दै आएको थियो । सोही क्रममा शुक्रबार दुवै समूहबीच चक्कु र इटा प्रहार गरी झडप भएको एसपी काफ्लले बताए ।

झडपका क्रममा वर्तमान अध्यक्ष पक्षका तीन जना र अर्काे पक्षका दुई जना गरी पाँच जना घाइते भएको उनले बताए । घाइते हुनेमा लमही नगरपालिका-५ का ६४ वर्षीय गुठे कुरेसी, ३३ वर्षीय असरद अली, २९ वर्षीय सकिल अली, ६५ वर्षीय दिल मोहम्मद मियाँ र २५ वर्षीय कमाल अली छन् ।

घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ । दुवै पक्षबीच छलफल गराउने काम भइरहको काफ्लेले बताए । ‘अनुसन्धानको क्रममा मस्जिदको अध्यक्षको विषयलाई लिएर झडप भएको देखियो,’ उनले भने, ‘अहिले दुवै पक्षलाई राखेर छलफल गराउने काम भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?