+
+

कांग्रेस कार्यसम्पादन समितिको बैठक फेरि सर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १० गते ११:५५

१० वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक फेरि सरेको छ । आज बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो ३ बजेलाई सारिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कार्यसम्पादन समितिको बैठक शुक्रबारका पनि बोलाइएको थियो । तर, पदाधिकारीको बैठक लम्बिएपछि शुक्रबार बैठक बस्न सकेन । आज पनि शीर्ष नेताहरूको छलफलका कारण ११ बजेको बैठक ३ बजे सारिएको हो ।

आजको बैठकले महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवारको टुंगो लगाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?