
१० वैशाख, बुटवल । लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगर प्रमुख मनमोहन चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा प्रवेश गरेका छन् ।
अघिल्लो चुनावमा स्वतन्त्रबाट उम्मेदवारी दिएर जितेका चौधरी तत्कालीन राजपामा थिए । राजपाले स्थानीय चुनाव बहिस्कार गरेका कारण उनी स्वतन्त्र लडेका थिए ।
पछिल्लो समय उनी जनता समाजवादी पार्टीमा थिए । चौधरीलाई शनिबार काठमाडौंमा लोसपाका नेताहरु राजेन्द्र महतो, महन्त ठाकुरलगायतले पार्टीमा प्रवेश गराएका हुन् ।
उनी आसन्न स्थानीय तहको चुनावमा पुनः मेयर पदमा उम्मेदवारी दिने तयारीमा छन् । पार्टी प्रवेशसंगै उनलाई लोसपाले टिकट समेत दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4