
१० वैशाख, धनगढी । नेकपा एमालेले धनगढी उपमहानगरपालिकाको मेयरमा रणबहादुर चन्दलाई उम्मेदवार बनाउने भएको छ ।
केन्द्रीय निर्वाचन विभागका सदस्य तथा कैलाली जिल्ला कमिटिका पूर्व उपाध्यक्षसमेत रहेका चन्दलाई धनगढीको मेयरको उम्मेदवार बनाउने निर्णय भएको एमालेले जनाएको छ ।
‘धनगढीको मेयरमा कमरेड रणबहादुर चन्दलाई उम्मेदवार बनाउने निर्णय भएको छ,’ एमालेका एक नेताले अनलाइनखबरसँग भने, ‘उपमेयर कसलाई बनाउने भन्ने विषयको टुुङ्गो लाग्न बाँकी छ । सम्भवः भोलिसम्म निर्णय हुन्छ होला ।’
करीब २८ वर्षदेखि नेकपा एमालेको राजीतिमा सक्रिय चन्द गत पुषमा भएको अधिवेशनमा रतनबहादुर थापासँग कैलाली जिल्ला कमिटीको अध्यक्षमा चार मतले पराजित भएका थिए ।
धनगढी उपमहानगरपालिकासँगै कैलालीका अन्य स्थानीय तहमा पनि उम्मेदवारको टुङ्गो लगाएपनि सार्वजनिक गरेको छैन । सुदूरपश्चिमका सबै स्थानीय तहका उम्मेदवारको नाम एकै पटक सार्वजनिक गरिने नेकपा एमाले प्रदेश कमिटिले जनाएको छ ।
प्रतिक्रिया 4