११ वैशाख, काठमाडौं । जर्मन जायन्ट बायर्न म्युनिखले लगातार १०औं पटक बुण्डेसलिगा फुटबलको उपाधि जितेको छ ।
शनिबार राति भएको ‘डेर क्लासिकर’ खेलमा परिचित प्रतिद्वन्द्वी बोरुसिया डर्टमण्डलाई ३-१ ले पराजित गर्दै बायर्नले तीन खेल अगावै लिग उपाधि पक्का गरेको छ ।
सन् २०१३ देखि लगातार उपाधि जित्दै आएको बायर्न युरोपको शीर्ष पाँच लिगमा लगातार १०औं सिजन उपाधि जित्ने पहिलो टोलीसमेत बनेको छ ।
घरेलु मैदान एलिएन्ज एरेनामा बायर्नका लागस सर्जी जिनाब्रीले १५औं, रोबर्ट लेवान्डोस्कीले ३४औं र जमल मुसियालाले ८३औं मिनेटमा गोल गरे ।
डर्टमण्डका लागि एम्रे चानले ५२औं मिनेटमा पेनाल्टीबाट एक गोल गरे ।
यस जितपछि लिग लिडर बायर्नले ३१ खेलबाट ७५ अंक जोडेको छ । समान खेलबाट डर्टमण्डको ६३ अंक छ । डर्टमण्डले अब बाँकी खेल जितेपनि बायर्नलाई भेट्ने छैन ।
प्रतिक्रिया 4