+
+

बर्दियामा एमालेले छान्यो उमेद्‍वार, मनोनयन दर्ता भोलि

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १३:०४

११ वैशाख, बर्दिया । नेकपा एमाले बर्दियाले ८ ओटै पालिकामा उमेद्वारको टुंगो लगाएको छ । एमाले लुम्बिनी प्रदेश कमिटीले नगरपालिकाको मेयर उपमेयर र गाउँपालिकाको अध्यक्ष उपाध्यक्षको टुंगो लगाएको हो । जिल्लाका ८ स्थानीय तह मध्ये ६ वटा नगरपालिका र २ वटा गाउँपालिका रहेका छन् ।

एमाले जिल्ला अध्यक्ष लालबहादुर श्रेष्ठका अनुसार गुलरिया नगरपालिकाको मेयरमा अमरबहादुर खड्का र उपमेयरमा टिका सम्सेली, मधुवन नगरपालिकाको मेयरमा धर्मराज थापा र उपमेयरमा सम्झना वि.क., राजापुर नगरपालिकाको मेयरमा पहारी थारु र उपमेयरमा मञ्जु शर्मा उम्मेद्‍वार बन्ने छन् ।

यस्तै बाँसगढी नगरपालिकाको मेयरमा खड्गबहादुर खड्का र उपमेयरमा इन्द्रा थारु तथा बारबर्दिया नगरपालिकाको मेयरमा जिल्ला सचिव पदम ढकाल र उपमेयरमा नारायणी थारु  एमालेको उम्मेदवार चयन भएका छन् ।

त्यसैगरी बढैयाताल गाउँपालिकाको अध्यक्षमा एमाले जिल्ला अध्यक्ष लालबहादुर श्रेष्ठ र उपाध्यक्षमा लक्ष्मि अधिकारी उमेद्‍वार छन् ।

पालिकाको प्रमुख र उपप्रमुख एवम् अध्यक्ष उपाध्यक्षका उमेद्वारको टुंगो लगाउन सकस भएपछि एमाले बर्दियाले उमेद्वारी मनोनयनको लागि भोलिको समय लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?