
११ वैशाख, तनहुँ । स्थानीय तह निर्वाचनका लागि तनहुँको व्यास नगरपालिकाको प्रमुख र वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।
नगर प्रमुख पदमा पहिलो उम्मेदवारको रुपमा स्वतन्त्रबाट व्यास ९ की पार्वती कार्कीले उम्मेदवारी दर्ता गराएकी छिन् । त्यस्तै मंगोल नेशनल अगनाईजेशनबाट नगरप्रमुखमा अनिता थापा मगरले पनि उम्मेदवारी दर्ता गराएकी छिन् ।
त्यस्तै स्वतन्त्रबाट व्यास नगरपालिका वडा नं. १० का युवा सागर घिमिरेले वडाध्यक्षको पदमा उम्मेदवारी दर्ता गराएका छन् । मंगोल नेशनल अर्गनाईजेशनबाट व्यास ५ को वडाअध्यक्षमा बेलिसरा थापाले उम्मेदवारी दर्ता गराएकी छिन् ।
आइतबार बिहान साढे १० बजेदेखि साढे ५ बजेसम्म साना राजनीतिक दललाई समय दिइएको छ भने सोमबार १२ गते प्रमुख राजनीतिक दललाई मनोनयन पत्र दर्ताको लागि समय तोकिएको मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङगनाले जानकारी दिए ।
प्रतिक्रिया 4