
११ वैशाख, बागलुङ । बागलुङको जैमिनी नगरपालिकाको उपप्रमुखमा राष्ट्रिय जनमोर्चाकी नेतृ रुद्राकुमारी रोका क्षेत्रीले बागी बनेर स्वतन्त्र उम्मेदवारी दिएकी छिन् ।
क्षेत्रीले आइतबार दिउँसो स्वतन्त्र उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत सूर्यप्रसाद भण्डारीले बताए ।
राष्ट्रिय जनमोर्चाको तर्फबाट जैमिनी नगरपालिकाको कार्यपालिका सदस्यसमेत रहेकी क्षेत्रीले शुक्रबार पदबाट राजीनामा दिएकी थिइन् ।
सत्ता गठबन्ध अनुसार जैमिनी नगरपालिका प्रमुखमा राष्ट्रिय जनमोर्चा र उपप्रमुखमा नेपाली कांग्रेसले उम्मेदवारी दिने सहमति भएको थियो । तर गठबन्धनको सहमति विपरीत क्षेत्रीले स्वतन्त्र उम्मेदवारी दिएकी हुन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4