
११ वैशाख, काठमाडौं । ६ वटा महानगरसहित १० स्थानीय तहमा उम्मेद्वारी नपरेको चिन्ह मतपत्रमा नराख्ने निर्वाचन आयोगको तयारीप्रति नेकपा एमालेले आपत्ति जनाएको छ ।
आयोगलाई पत्र लेख्दै एमालेले सबै स्थानीय तहमा एउटै किसिमको मतपत्र प्रकाशित गर्न आग्रह गरेको छ ।
भक्तपुरका ४ नगरपालिका सहित काठमाडौं, ललितपुर, विराटनगर, पोखरा, वीरगञ्ज र भरतपुर महानगरपालिकामा उम्मेदवारी नपरेको चुनाव चिन्ह मतपत्रमा प्रकाशित नगर्ने आयोगले तयारी गरेको छ ।
‘हामी निर्वाचन सुरु भइसकेपछि निर्वाचनको नियम परिर्वन गर्न हुँदैन र मतपत्रको डिजायन परिवर्तन गर्ने जस्ता कामहरु निर्वाचन आयोगबाट हुने छैन भन्ने कुरामा विश्वस्त छौं’, एमालेको पत्रमा उल्लेख छ । आयोगलाई कुनै दबाव र प्रभावमा नपर्न पनि एमालेले आग्रह गरेको छ ।
हेर्नुस् पत्र
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4