
११ वैशाख, बुटवल । मानव अधिकार तथा शान्ति समाजले निर्वाचनलाई मितव्ययी र भ्रष्टाचारमुक्त बनाउन माग गर्दै प्रदर्शन गरेको छ । १६औं लोकतन्त्र दिवसका अवसरमा समाजले बुटवलको बीपीचोकमा प्रदर्शन गरेको हो ।
प्रदर्शनपछि बोल्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले ज्यादै खर्चिलो चुनावले भ्रष्टाचार र कुशासन बढाएको भन्दै लोकतन्त्रको रक्षा र स्थायीत्वका लागि भ्रष्टाचारमुक्त समाज र सुशासन अनिवार्य भएको बताए ।
लोकतन्त्रका लागि लडेका परिवर्तनकारी शक्तिहरु एक ठाँउमा उभिएर उपलब्धिको संरक्षण गर्नुपर्ने बताए । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले पूर्ण प्रेस स्वतन्त्रता बिना लोकतन्त्र अधुरै रहने भन्दै दलहरु लोकतन्त्र र प्रेस स्वतन्त्रतामा इमान्दार हुनुपर्ने बताए ।
प्रदर्शनमा शान्ति समाजका केन्द्रीय सचिव मिना ढकाल, केन्द्रीय सदस्य विष्णु भुसाल, समाजका पूर्वजिल्ला सभापति हरिष ढकाललगायत अधिकारकर्मीको सहभागिता रहेको थियो ।
प्रतिक्रिया 4