
११ वैशाख, वीरगञ्ज । उम्मेदवारी मनोनयन दर्ताको पहिलो दिन पर्साको पकहाँ मैनपुर गाउँपालिका अध्यक्षका लागि ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
जनता समाजवादी पार्टी (जसपा)को तर्फबाट पकहाँ मैनपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष विजयकुमार चौरसिया सहित ५ जनाले उम्मेदवारी दिएका हुन् । ०७४ सालको निर्वाचनमा संघीय समाजवादी फोरम नेपालबाट उनी निर्वाचित भएका थिए ।
चौरसियासहित गाउँपालिका अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्योती कुमारी, सुशासन पार्टीबाट प्रभुप्रसाद पटेल, नेकपा एकीकृत समाजवादी पार्टीबाट मदन हजारा दुसाध र अनिल पटेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
उपाध्यक्ष पदमा जसपाको तर्फबाट जैनुब नेसा र एकीकृत समाजवादी पार्टीबाट राजमा खातुनले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत कृष्णप्रसाद देवकोटाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4