
सौरभ ग्रुप अन्तर्गतको गुणस्तरीय फलामे छड उत्पादक सर्वोत्तम स्टिलले इन्जिनियर तथा ठेकेदारहरुलाई लक्षित गर्दै प्राविधिक कार्यक्रम गरेको छ ।
जगदम्बा सिमेन्टसँगको सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रमको मूख्य उद्देश्य इन्जिनियर तथा ठेकेदारहरुलाई गुणस्तरीय घरनिर्माण सम्बन्धी जानकारी तथा प्राविधिक तालिम प्रदान गर्नु रहेको कम्पनीले बताएको छ ।
कार्यक्रममा सर्वाेत्तम स्टिलको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत आनन्द नेपालले इन्जिनियर तथा ठेकेदारहरुलाई सर्वोत्तम स्टीलको गुणस्तरीयता तथा प्राविधिक विवरणबारे जानकारी प्रदान गराएका थिए । त्यसैगरी जगदम्बा सिमेन्टको तर्फबाट कम्पनीका डीजीएम चिरञ्जीवी घिमिरेले जगदम्बा सिमेन्टको बारेमा जानकारी प्रदान गराएका थिए ।
सो कार्यक्रम विर्तामोड, इटहरी र लहान गरी ३ स्थानहरुमा आयोजना गरिएको थियो । गत चैत्र २१ गते विर्तामोडमा भएको कार्यत्रममा १२० जनाको सहभागीता रहेको थियो भने चैत २३ गते इटहरीमा भएको कार्यक्रममा १२९ जना इन्जिनियर तथा ठेकेदारहरुको सहभागिता रहेको थियो । त्यसैगरी चैत्र २५ गते भएको कार्यक्रममा १३७ जनाको सहभागीता रहेको थियो । कार्यक्रम आयोजना भएको प्रत्येक स्थानमा कम्पनीले लक्की ड्र मार्फत एक जनालाई स्मार्ट टीभी उपहार समेत दिएको छ ।
प्रतिक्रिया 4