
१२ वैशाख रोल्पा । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि रोल्पाको सुनछहरी गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले र विप्लव नेतृत्वको नेकपा माओवादीबीच चुनावी गठबन्धन भएको छ ।
चुनावी तालमेल गरेका एमाले र कांग्रेसले विप्लव नेतृत्वका नेकपाका स्वतन्त्र उमेदवारलाई अध्यक्षमा अघि सार्ने सहमति गरेका हुन् ।
सहमति अनुसार विप्लव नेतृत्वको नेकपाबाट सो पार्टीका केन्द्रीय सदस्य अमर झाँक्री गाउँपालिका अध्यक्षको उमेदवार बन्नेछन्।
गाउँपालिकाको उपाध्यक्ष नेपाली कांग्रेसलाई दिने सहमति भएको छ । झाँक्री नेकपा एमालेको चुनाव चिन्ह सूर्यबाट चुनाव लड्ने भएका छन्।
७ वडा रहेको सुनछहरी गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेलाई ३÷३ वटा वडा र विप्लव नेतृत्वको नेकपालाई-१ वडा दिने सहमति भएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4