
१२ वैशाख, चितवन । आमाको मृत्युमा शोकमा रहेका भिमलाल अधिकारीले नवलपुरको मध्यविन्दु नगरपालिकाको मेयरमा एमालेका तर्फबाट उम्मेदवारी दर्ता गरेका छन् ।
एमाले नवलपुरका सचिवसमेत रहेका अधिकारीको आमा वितेको ५ दिन मात्रै भएको छ ।
उपमेयर उम्मेदवार, वडा अध्यक्ष, सदस्य लगायतको कार्यकर्ताहरुको उपस्थितिमा निर्वाचन अधिकृतको कार्यालय पुगेर अधिकारीले उम्मेदवारी दर्ता गराएका हुन् ।
एमालेबाट नगरपालिकाको उपमेयर पदमा पूर्णकला महतो, वडा अध्यक्षहरुमा क्रमशः वडा नं। १ मा रामकुमार पुरी, २ मा रामभक्त अधिकारी, ३ मा मान बहादुर महतो, ४ मा डिल्लिराम महतो, ५ मा गणेश पाठक, ६ मा लक्ष्मण पाठकले उम्मेदवारी दिएका छन् ।
यस्तै वडा नं. ७ मा मधुबिलास अधिकारी, ८ बीरेन्द्र चौधरी, ९ मा हिमाल सिं ठकुरी, १० मा रण बहादुर थापा, ११ मा कमल बकबल, १२ मा कान्ता कुमाल, १३ मा अर्जुन पंगेनी, १४ मा मिन बहादुर दर्लामी र १५ मा यम बहादुर के।सी।ले मनोनयन दर्ता गराएका छन् ।
नवलपुरमा को को छन् एमाले उम्मेदवार ?
कावासोती
मेयर: विष्णुप्रसाद भुषाल
उप मेयर : फुलकुमारी महतो
देवचुली
मेयर :हरि न्यौपाने
उप मेयर :पार्वता तिवारी
मध्यविन्दु
मेयर: भिमलाल अधिकारी
उप मेयर: पुर्णकला महतो
गैंडाकोट
मेयर: छत्र पौडेल
उप मेयर :चेतना अर्याल
हुप्सेकोट
अध्यक्ष: चेतन राना
उपाध्यक्ष : मनि पाण्डे
बौदीकाली
अध्यक्ष: प्रकाश ओझा
उपाध्यक्ष: डिलकुमारी सारु
विनियी त्रिवेणी
अध्यक्ष: घनश्याम गिरी
उपाध्यक्ष:भगवती बैदवार
बुलिङटार
अध्यक्ष: दिपेन्द्र सुनारी
उपाध्यक्ष :भूमिका खण्डलुक
प्रतिक्रिया 4