+
+

३ महानगरमा कांग्रेसको उपमेयर उम्मेदवार : भरतपुरमा चित्रसेन, पोखरामा कोपिला

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १४:२३
चित्रसेन अधिकारी, कोपिला रानाभाट र इम्तियाज आलम

१२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले तीन महानगरपालिकाको उपमेयरको उम्मेदवार टुंग्याएको छ ।

कांग्रेसका एक पदाधिकारीका अनुसार भरतपुरको उपमेयरमा चित्रसेन अधिकारीलाई उम्मेदवार बनाइएको छ । वीरगञ्जको उपमेयरमा इम्तियाज आलम र पोखरा महानगरको उपमेयरमा कोपिला रानाभाटलाई टिकट दिइएको छ ।

सत्तारुढ दलहरुबीच भागवन्डा गर्दा भरतपुर महानगरको मेयर माओवादी केन्द्र, वीरगञ्जको मेयर जनता समाजवादी पार्टी र पोखराको मेयर एकीकृत समाजवादीले पाएको थियो । तीनवटै महानगरमा कांग्रेसले भने उपमेयर लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?